Dabali News

प्याराग्लाइडिङ एक्युरेसीले खेलाडीको ध्यान तान्यो

१७ कार्तिक

काठमाडौं । स्याङ्जाको स्वरेक मैदानमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सन् २०१८ ले विश्वका खेलाडीको ध्यान तानेको छ ।

भीरकोट नगरपालिका-५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ नगरपालिका-११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा बिहीबारदेखि शुरु भएको छ ।

प्रतियोगितामा २१ देशका १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि आवश्यक सामग्रीको कमी कमजोरी देखिएकाले खेलाडीलाई सहभागी नगराइएको र प्रतियोगितामा ७० जना खेलाडीको मात्रै सहभागिता रहेको छ ।

नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ संघका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकपको आयोजना भएकाले यो प्रतियोगिता सञ्चालन हुनु राज्य र खेलाडीको लागि गर्वको कुरा भएको बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]