Dabali News

कञ्‍चनपुर र बर्दियाबाट पूर्वमाओवादी केन्द्रका नेताहरु नेकपामा प्रवेश 

१७ कात्तिक

नेपालगंज । नेपाल कम्युनिस्ट पार्टीको ‘संगठन सुदृढ तथा विस्तार अभियान’ जारी छ । अभियानको क्रममा नेकपाका नेता-कार्यकर्ताहरु गाउँगाउँमा पुगेका छन् ।

अभियानको क्रममा विभिन्‍न पार्टी परित्याग गरी नेकपामा प्रवेशको पनि लहर चलेको छ । विशेषगरी केही दिनदेखि कैलाली र कञ्‍चनपुरमा पूर्वमाओवादी केन्द्र र एमालेका नेता-कार्यकर्ताहरु नेकपामा प्रवेश गरिरहेका छन् । दुबै पार्टी एकतापछि बनेको (नेकपा)का नेता-कार्यकर्ताहरु नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिमा गोलबद्ध भइरहेका छन् ।

यसैबीच पछिल्लो चरणमा कञ्‍चनपुरको कृष्णपुर नगरपालिकामा पनि विभिन्‍न पार्टी परित्याग गरेर एक दर्जन नेताहरु नेकपामा प्रवेश गरेका छन् । स्थानीय निर्वाचनमा सोही नगरपालिकाको उपमेयरकी उम्मेदवार तथा पूर्वमाओवादी केन्द्रकी नेतृ शर्मिला थापासहित बसन्त भट्ट, धनबहादुर बोहरा, करन खडका, यज्ञ भट्ट र स्थानिय तह कृष्णपुर न पा वडा-९ का अध्यक्ष का स्वतन्त्र उम्मेदवार हिक्मत अवस्थी पनि नेकपामा प्रवेश गरेका छन् ।

त्यसैगरी राप्रपाबाट अरुण भट्ट पनि नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य तथा महाकाली ब्यूरो इन्चार्ज रामप्रसाद तिमिल्सिनालगायतका नेताहरुले स्वागत गरेका थिए ।

त्यसैगरी यता बर्दियामा पनि नेकपाको अभियान जारी छ । बर्दियाबाट पनि पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य चर्चित नेकपामा प्रवेश गरेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]