Dabali News

अन्ततः यौन हिंसाले खायो स्थापितको मन्त्री पद

१७ कात्तिक

काठमाडौँ । अन्ततः केशव स्थापितको बर्खास्त भएका छन् । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका हुन् ।

केही दिनदेखि यौन हिंसामा विवाद आएका मन्त्री स्थापितलाई बर्खास्त गर्नुपर्ने माग सामाजिक संजालमा बढेको थियो । मुख्यमन्त्री पौडेलसँग पनि स्थापितले विवाद बढाएका थिए । मन्त्रिपरिषद बैठकमै विवाद गरेका थिए ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले शुक्रबार मन्त्री स्थापितलाई संविधानको धारा १६९ को उपधारा २ बमोजिम बर्खास्त गरेका थिए ।

केही दिनअघि मात्रै संचारमाध्यममा अाएका विषय र अन्य केही विषयलाई लिएर प्रदेश ३ को मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएको थियो ।

काठमाडौंको मेयरमा निर्वाचित भएसँगै स्थापित राष्ट्रिय राजनीतिको चर्चामा पुगेका थिए । एमालेको विभाजनमा वामदेव गौतम समूहमा लागेका स्थापित शान्तिप्रक्रियासँगै माओवादीको नजिक पुगेका थिए । त्यहाँ पनि कुनै पद नपाएपछि पुनः एमालेमै फर्किएका स्थापित प्रदेश नम्बर ३ का सांसद हुँदै मन्त्री भएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]