Dabali News

तिहारलाई लक्षित गर्दै उपत्यकामा सप्ताहव्यापी अग्नी विपद सचेतना कार्यक्रम

१६ कात्तिक

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सप्ताहव्यापी अग्नी विपद सचेतना कार्यक्रम शुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको विपद व्यवस्थापन समितिको अगुवाईमा तिहारमा बिजुली, पटाका, दियो लगायतबाट हुनसक्ने आगजनीकोबारे सचेतना कार्यक्रम शुरु गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले आगो मानव सृजित विपत्ति भएकोले हरेक व्यक्तिले आगोलाई पूर्ण नियन्त्रणमा राख्नुपर्ने बताए ।

आगलागी भएको सूचना आएपछि पनि दमकल ढिलो पुग्ने गरेको तर्फसंकेत गर्दै उनले वडा नं.६ को रामहिटीमा दमकलको अर्को स्टेशन बनाउन लागेको जानकारी दिए ।

कार्यक्रममा आगोजन्य व्यवहार, सम्भावित आगलागीका कारण र सल्किएको आगोलाई तत्काल नियन्त्रण गर्न अपनाइने विधिका विषयमा जानकारी दिइने छ ।

कार्यक्रम काठमाडौं, ललितपुर र भक्तपुरका बारुण यन्त्र कार्यालय, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका विपद व्यवस्थापन महाशाखाहरु, नेपाल स्काउट, रेडक्रस, वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय सहभागी थिए । काठमाडौं उपत्यकामा वर्षेनी तिहारका बेला धेरै आगलागीका घटना हुने गरेको तथ्याकंले देखाउँछ ।

जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंका अनुसार आर्थिक वर्ष २०७४-०७५ मा १९४ वटा आगलागीमा दमकलको प्रयोग गरिएको थियो । यस बाहेक आफ्नै पहलमा नियन्त्रण गरिएका अन्य थुप्रै आगलागीका घटना छन् ।

गएको वर्ष तिहार परेको कार्तिक महिनामा २८ वटा आगलागी भएका थिए । त्यसमा पनि बल्खुमा भएको आगलागी सबैभन्दा ठूलो थियो । बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीका अनुसार दियोबाट सल्किएर भएको उक्त आगलागीमा १५ वटा ग्याँस सिलिण्डर पड्किएका थिए भने करीव ४० घरमा क्षति पुगेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]