Dabali News

मिर्गौलापीडित पुतलीलाई ५ लाख सहयोग रकम हस्तान्तरण

१६ कार्तिक

स्याङ्जा । वालिङ नगरपालिका-१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

७२ वर्षिय केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सोही स्थान घर भई हाल हङकङमा बस्दै आएका धनु थकाली पुरनले ‘पुतली बचाउ अभियान’ मार्फत देश तथा विदेशमा सङ्कलन भएको रकम हस्तान्तरण गरेका हुन् ।

अभियानबाट सङ्कलन भएको ५ लाख १३ हजार ६६२ को स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको चेक मिर्गौलापीडित केसी र निजकी छोरी कृष्णाकुमारी राईलाई प्रदान गरिएको उक्त अभियानका टीकराज गुरुङले बताए ।

केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि पोखरामा हप्ताको दुई पटक डायलासिस गराउँदै आएकी छिन् । “केसीको डायलासिसमा धेरै खर्च लाग्ने भएपछि हामीले सामाजिक सञ्जालमार्फत यो अभियान सञ्चालन गरेका हौँ”, अभियानकर्ता टिकराज गुरुङले भने ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]