Dabali News

क्रान्तिकारी महिलाको अध्यक्षमा अन्जना निर्वाचित, विकृति-विसंगतिविरुद्ध संघर्ष गर्ने

१६ कात्तिक

चितवन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा अन्जना तामाङ निर्वाचित भएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट महिलाहरुको विहीबार सम्पन्न चितवनको प्रथम भेलाले तामाङको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा रमा गुरुङ, बिनुमाया थामी, सचिव बिमला शेर्पा, सह–सचिव बिक्रमिया महतो र कोषाध्यक्ष जानकी तिमिल्सिना रहेका छन् ।

नयाँ निर्वाचित अध्यक्ष तामाङले जिल्लामा हुने विकृति–विसंगतीसँगै महिलामाथि हिंसाविरुद्ध संघर्ष गर्ने बताइन् । उनले एकीकृत जनक्रान्ति सम्पन्न भएपछि मात्रै महिलाको पूर्णमुक्ति हुने भएकोले नेकपालाई आफूहरुले नैतिक र भौतिक सहयोग गर्ने बताइन् ।

भेलाको उद्घाटनमा नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसी, संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]