Dabali News

माओवादी केन्द्रले सहिद परिवार-घाइते र जनमुक्ति सेनालाई ‘गणतान्त्रिक भत्ता’ को लागि संघर्ष गर्ने

१६ कात्तिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलनले जनयुद्धका सहिद परिवार, पूर्व जनमुक्ति सेना, घाइते तथा आपांगलाई ‘गणतान्त्रिक भत्ता’ को व्यवस्था गर्ने निर्णय गरेको छ । आफ्नो पार्टी सरकारमा पुगेपछि उक्त भत्ता दिने मात्रै नभएर अहिलेकै सरकारसँग माग गर्ने र नगरे दवावमूलक संघर्षका कार्यक्रम गर्ने महासचिव कर्णजीत बुढाथोकी ‘शुसील’ले बताए ।

सम्मेलनले  प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जनयुद्धमा विशिष्ट भूमिका खेलेको कारण उनीहरुको संरक्षण गर्नुपर्ने भन्दै मासिक १० हजार ‘गणतान्त्रिक भत्ता’ को व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

महासचिव शुसीलले पूर्वजनमुक्ति सेना, सहिद परिवार र घाइतेलाई ‘गणतान्त्रिक परिचयपत्र’ दिनुपर्ने निर्णय गरेको बताए । त्यसको लागि अहिलेबाटै संघर्ष थाल्ने समेत बताइएको छ ।

यही कात्तिक १० देखि १२ गतेसम्म चलेको सम्मेलनले समाजवाद स्थापना गर्न शसस्त्र जनविद्रोहमार्फत समाजवाद स्थापन गर्न नसिकने निष्कर्ष निकाल्दै ‘समाजवाद स्थापनाको लागि महान् जनविद्रोहको तयारीमा अघि बढौं’ कार्यदिशा तय गरेको छ ।

पार्टीका केन्द्रीय समिति सदस्यहरु सहभागी सम्मेलनमा पार्टीका पार्टीका अध्यक्ष गोपाल किरातीले विधान र महासचिव शुसीलले ‘वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार’ राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । व्यापक छलफलपछि विधान र प्रतिवेदनलाई सम्मेलनले सर्वसम्मत रुपमा पारित गरेको थियो । विधान र प्रतिवेदनमाथि छलफल गर्न ७ समूह विभाजन गरिएका थिए ।

सम्मेलनले नेतृत्व प्रणाली केन्द्रीत र सामुहिक विधिबाट परिचालन गर्नुपर्ने, क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने, माओवाद मान्ने पार्टीहरुसँग एकताको प्रक्रिया अगाडि बढाउनु पर्ने, संघर्षको ठोस योजना बनाउनु पर्ने, आर्थिक उत्पादनमा ध्यान दिनुपर्ने र प्रधान अन्तरविरोधलाई ठोस रुपमा व्यक्त गर्नेगरी कार्यक्रम तय गर्नुपर्ने टोली नेताहरुले धारणा राखेका थिए । साथै, छोटै समयमा पार्टीको देशव्यापी संगठन विस्तार भएको र त्यसलाई अझ विस्तार गर्नुपर्ने सम्मेलनले धारणा राखेका थिए ।

सम्मेलनमाले माओवादी आन्दोनलको समीक्षा समेत गरेको छ । माओवादी आन्दोलनमा विगतमा भएका कमजोरीहरुको समीक्षा गर्दै सबैले हिस्सेदार हुनपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै, आन्दोलनका उपलब्धी र उपलब्धी गर्ने शक्तिको रक्षा विना समाजवाद नआउने निष्कर्ष माओवादी केन्द्रले निकालेको छ ।

पार्टी अध्यक्ष गोपाल किरातीले विधानमाथि उठेका प्रश्नसँगै समसामयीक परिस्थितिबारे प्रशिक्षण लिएका थिए । उपाध्यक्ष तिलक थापामगरले उत्पादन कार्ययोजना प्रस्तुत गरेका थिए भने महासचिव शुसीलले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । सचिव राजन तिमिल्सिनाले पार्टी प्रशिक्षणको पाठ्यक्रम प्रस्तुत गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]