Dabali News

नेकपाको अभियान धनगढी उपमहानगरमा पुग्‍यो, क्याम्पस प्रमुखसहित १० जना पार्टी प्रवेश

१५ कात्तिक

धनगढी । नेपाल कम्युनिस्ट पार्टीको अभियान धनगढी उपमहानगरपालिका पुगेको छ । ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ धनगढीमा प्रवेश गरेसँगै पार्टी प्रवेशको लहर चलेको छ ।

अभियानको पहिलो चरणमै क्याम्पस प्रमुखसहित विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । विहीबार एक कार्यक्रमबीच वेदप्रकाश महरा, माधव जोशी, विनोद बोहरा, भोजराज विक, विष्णु ओखेडा,लक्ष्मण पौडेल, कृष्ण चौधरी, चन्द्र जोशी र रघुनाथ झोलाले पार्टीमा प्रवेश गरेका हुन् ।

त्यसैगरी नवप्रवेशीलाई नेकपाका कैलाली इन्चार्ज विवेक कुमाल, थारुवान जनपरिषद् प्रमुख महान चौधरी र जिल्ला सेक्रेटरी प्रकाश मल्लले स्वागत गरेका थिए । उनीहरुले एकीकृत जनक्रान्तिले मात्रै आमूल परिवर्तन गर्ने विश्वाससहित आफूहरु नेकपामा प्रवेश गरेको बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]