Dabali News

कैलालीका बखत र प्रतिभाको दुर्लभ जोडी, यस्तो छ भविश्‍यको योजना (भिडियोसहित)

काठमाडौँ । टीकापुर कैलालीका बखत विष्ट र प्रतिभा चौधरी यतिखेर सामाजिक स‌जाल र मिडियामा भाइरल नै भएका छन् । उनीबीचको प्रेम-विवाहलाई लिएर यस्तो चर्चा भएको हो । बखत उमेर २४ वर्षका भइसके तर शारीरिक विकास भने उमेरअनुसार हुन सकेको छैन ।

उता प्रतिभा भने उमेर १७ वर्षकी भइन् तर उनी भने लंका जवान छन् । उमेरले झण्डै अाधा कम भएपनि शारीरिक विकास भने भरीपूर्ण छ । बखत उनको अाधा पुग्छन् । तौल पनि अाधा नै फरक होला ।

घरपरिवारले जोडीलाई छुटाउन प्रयास गरेपछि दुबै जना प्रेममा परेर भागी विवाह गरेका छन् । उनीहरु टिकापुरबाट  भागेर काठमाडौं अाएका छन् । कुराकानीमा सुरुमा गाउँकै एउटा विवाहमा पहिलो भेट भएको बताउँछन् बखत । दुबै जना सँगै नाचे पनि । भेटघाट हुँदै जाँदा बखतले प्रेम प्रस्ताव राखे  र प्रतिभाले स्वीकार गरिन् ।

अन्तरजातीय र त्यसमा पनि बखतको शारीरिक विकासलाई लिएर कसैलाई अस्वभाविक लागेपनि दुबै जनाले एक अर्कालाई औधी माया गरिरहेका छन् । उनीहरुले बाचुन्जेल सँगै जिउने प्रतिवद्धता गरेका छन् । प्रेमको अगाडि सब चिज साहयक बन्छन् भन्ने यो जोडी उदाहरण हो ।

बखत गाउँने र नाच्‍ने गर्छन् । दुबै जनाले काठमाडौंमा अाफ्नो कला र संघर्ष गरेर केही गरेर देखाउने प्रतिवद्धता गरेका छन् । एक अर्को अन्तरवार्तामा बखतले दुईवटा मात्रै सन्तान बनाउने पनि बताएका छन् । त्यसमा प्रतिभाको पनि सहमति छ ।

हेर्नुहोस् बखत र प्रतिभाको कुराकानीको भिडियो 


Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]