Dabali News

विराटनगर महानगरपालिकाका ४, १२ र १४ वडा खुला दिसामुक्त क्षेत्र घोषणा

१५ कात्तिक

काठमाडौं । विराटनगर महानगरपालिका-४, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।

१९ वडा रहेकामा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । २ महीनामा सो वडा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीको काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले बताए ।

विराटनगरमा हाल ९९.४ प्रतिशत चर्पी निर्माण भइसकेको छ । वडा नं ४ मा ३ हजार १४५, वडा नं १२ मा दुई हजार ७७४ र वडा नं १४ मा एक हजार ९११ घरधुरीमा शत्प्रतिशत चर्पी निर्माण भएपछि खुला दिसामुक्त वडा घोषणा भएको उनले बताए ।

यसैबीच महानगरपालिकामा आजदेखि न्यायिक समितिको नवनिर्मित इजलास सञ्चालनमा आएको छ । इजलासको अभावमा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीकै कार्यकक्षमा मुद्दाहरु फैसला हुने गरेको थियो ।

हालसम्ममा सो समितिमा परेका ८० मध्ये २० वटा मुद्दाको किनारा लगाइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]