Dabali News

पर्यटकका लागि सय ओटा नयाँ गन्तब्यको घोषणा

१५ कात्तिक

काठमाडौं । सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची आज सार्वजनिक गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष सरकारको छ ।

पर्यटकहरुका लागि सिमित गन्तब्य मात्र हुँदा बसाई अवधि छोटो रहने गरेको र प्रचुर संभावनाका वावजुत स्थानीयस्तरमा पर्यटनको लाभ उपलब्ध हुन नसकेको अवस्था हटाउन यस्तो सूचि सार्वजनिक गरिएको हो ।

सूचिमा ७७ वटै जिल्लाका विभिन्न नयाँ स्थानलाई समेटिएको छ । चालु आर्थिक वर्ष २०७५-७६ को बजेट वक्तब्यमा मुलुकमा नयाँ पर्यटकीय गन्तब्य पहिचान गर्ने र ती क्षेत्रको पूर्वाधारलगायत विकासका लागि बजेट विनियोजन गर्ने उल्लेख गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार घोषित नयाँ गन्तब्यको पूर्वाधार विकासका लागि यसै वर्ष बजेट विनियोजन हुनेछ । ‘सूचिमा उल्लेखित नयाँ विकास गर्नुपर्ने गन्तब्यहरुमा यसै वर्ष विनियोजित बजेट बाँड फाँड हुनेछ,’ उनले भने, ‘स्थापित भइसकेका गन्तब्यहरुका लागि पनि थप प्रचार प्रसार गरी प्रवद्र्धन गर्ने योजना छ ।’

पर्यटन प्रवद्र्घनका लागि नयाँ गन्तब्य पहिचान गर्न पर्यटन मन्त्रालयले संभावित स्थानबारे जानकारी दिन प्रस्ताव आह्वान गरेको थियो ।

सोही अनुरुप प्राप्त आवेदन र अन्य विभिन्न जानकारीका आधारमा नयाँ गन्तब्य तोकिएको मन्त्रालयले जनाएको छ ।

 

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]