Dabali News

माघीको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकमा दुःखद् दुर्घटना, दुईको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा–५ चौतारामा शनिबारराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् ।

प्रहरीका अनुसार लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको हो ।

भूकम्पपीडितको घर निर्माणका लागि गिटी बोकेर सोही नपाको वडा नं ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नंको मिनीट्रक गएराति करिब १२ बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]