Dabali News

माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि खुला

१५ कात्तिक

काठमाडौं । माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि आजदेखि खुला भएको छ ।

माथिल्लो तामाकोशीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन खुला गरेको हो ।

माथिल्लो तामाकोशीले १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।

आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कमपनीको विवरणपत्र नागरिक लगानीकोष नयाँ बानेश्वर र सनराइज क्यापिटल लिमिटेडबाट हेर्न सकिने छ ।

आवेदन फारम भने सि-आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिने छ । आवेदन दिने समय कात्तिक १९ गतेसम्म हो ।

यदि यस समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप हुने छ । माथिल्लो तामाकोशीले यस अघि दुई चरणमा सेयर निष्काशन गरिसकेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]