Dabali News

Ad

एमाले नेता नेपाल आलोपालो नेतृत्वकै पक्षमा

३० पुस

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नीति परिवर्तन नगर्ने गरी आलोपालो नेतृत्वमा जान सकिने बताएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीचका एकताको मोडेलबारबारे विभिन्न विकल्पमा छलफल भइरहेको बेला नेता नेपालले भने, “नयाँले पुरानो नीतिलाई हटाइदिने भएकाले यहाँ समस्या भएको हो । एउटै नीतिलाई निरन्तरता दिएसमस्या हुँदैन ।” उनले एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा बस्न पनि नहुने भन्दै त्यसको लागि आलोपालो गर्दा राम्रो हुने धारणा राखेका छन् । “एउटै व्यक्तिले नेतृत्वमा बसिरहनुपर्छ भन्ने पनि छैन । एकै व्यक्ति पार्टीमा लगातार बस्नु पनि ठीक हुँदैन” नेता नेपालले भने ।

माओवादी केन्द्रका नेताहरुले नेतृत्व अालोपालो हुने पर्ने बताउँदै अाएका छन् ।

दुबै अध्यक्षबीच भएको कुराकानी आफूलाई जनकारी नभएको बताउँदै नेता नेपालले एकताबारे भएका छलफललाई पार्टी बैठकमा राख्नु पर्नेमा जोड दिए । यसले के देखाउँछ भने एकताबारे ओली र प्रचण्डबीच भएका छलफलबारे नेपाललाई जानकारी गराइएको छैन ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]