Dabali News

नेपालतर्फ १९ किलोमिटरमा पेट्रोलियम पाइप ओछ्याउने काम सम्पन्न, १७.२ किलोमिटर ओछ्याउन बाँकी

१५ कात्तिक

काठमाडौं । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजना अन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएकोे छ ।

परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९.२ किलोमिटर भू-भागमध्ये अब १७.२ किलोमिटर पाइप ओछ्याउन बाँकी रहेको छ ।

तीव्रगतिमा बाँकी काम भइरहेकाले बढीमा ३ महिनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ आउने सो कार्यालय सिमराका इञ्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अन्य बाधा अवरोध नभए ३ महिनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउने छ । बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा ९ किलोमिटर, नाला, स-साना पुलपुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्रमा पाइपलाइन ओछ्याउन बाँकी छ भने भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३.७ किमीमध्ये घना बस्ती भएका कारण रक्सौल क्षेत्रमा केही भागमा पाइप ओछ्याउने काम बाँकी छ ।

नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय लगानी गरेको बताइएको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि तीव्रता पाएको हो ।

पथलैयादेखि अमलेखगञ्जसम्म ८ किमी क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन जाने भएकाले निकुन्जभित्रका ५ हजार रुख काट्नुपर्ने देखिन्छ । यसका लागि संघीयि सरकारले स्वीकृति दिइसकेकाले वातावरण मूल्याङ्कन प्रभावबारे सूचना समेत प्रकाशित गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई स्वीकृति दिएपछि रुख काट्ने अनुमति मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र रुख काट्ने काम अघि बढ्ने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख हरिभक्त आचार्यले बताए ।

पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएका २ तथा ४१ सय किलोलिटर क्षमता भएको २ गरी ४ ट्याङ्करको मर्मतसम्भार द्रूतगतिमा भइरहेको छ, जसमध्ये एउटा तयार भइसकेको छ भने ३ ट्याङ्कर बनाउने काम भइरहेको छ ।

जमीनमुनि साढे २ मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया लाग्दैन । यो परियोजना सञ्चालमा आएपछि नेपाल-भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नाका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हट्ने अपेक्षा गरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]