Dabali News

Ad

उत्तर कोरियाले अमेरिकामा मिसाइल प्रहार गर्न लागेको मोबाइलमा सूचना ! सर्वसाधारणको भागाभाग

३० पुस

काठमाडौँ । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न लागेको भन्दै अमेरिकाको हवाई राज्यमा त्रास फैलिएको छ । सर्वसाधारणको मोवाइलमा ब्यालेस्टिक मिसाइलको खतरा हवाईमा बढेकाले तत्काल सुरक्षित स्थानको खोजी गर्न भन्दै सूचना पुगेपछि त्रास फैलिएको हो ।

तर, उक्त सूचना सत्य भने थिएन । एक कर्मचारीले गल्तीबस ‘मिसाइल अलर्ट स्वीच’ थिचेका थिए । स्थानीय समय अनुसार शनिबार बिहान मिसाइल आक्रमण हुन सक्ने संकेत पाएपछि नागरिकलाई सचेत गराउने जिम्मासहित एक कर्मचारीले गल्तीबस स्वीच थिच्दा मिसाइल आक्रमण हुन लागेको सूचना सर्वसाधारणको मोवाइलमा पुगेका थियो । केही समयपछि गल्तीबस ‘मिसाइल अलर्ट स्वीच’ थिच्दा सूचना गएको भन्दै माफी मागिएको थियो । हवाईका गभर्नर डेविड इगीले माफी माग्दै कर्मचारीको गल्तीका कारण गलत सूचना गएको बताए । सरकारले घटनाको पूर्ण छानबिन हुने बताएको छ ।

उत्तर कोरियाबाट हवाईमा मिसाइल आक्रमण हुन सक्ने खतरा रहेको भन्दै त्यहाँ नागरिकलाई सचेत बनाउनका लागि सूचना प्रणाली राखिएको छ । मिसाइल आक्रमणको खतरा हुने बित्तिकै सूचना केन्द्रमा रहेका कर्मचारीले स्वीच थिच्ने छन् र लगतै राज्यका बासिन्दाको मोवाइलमा चेतावनीसहितको सूचना पुग्छ ।

गएको डिसेम्बरमा हवाईमा यो सूचना प्रणालीको परीक्षण गरिएको थियो । यो सूचना मोवाइलमा जानुका साथै स्थानीय टेलिभिजन तथा रेडियो स्टेशनबाट पनि प्रशारण भएको थियो । चेतावनीसहितको सूचना पाएपछि हवाईका बासिन्दा सुरक्षित स्थानको खोजीमा लागेका थिए । तर सूचना झुठ रहेको थाहा पाएपछि उनीहरु आक्रोशित भएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]