Dabali News

कसैले गोली ठोक्न सक्छ भने राति १२ बजे पनि तयार छुः आङकाजी

३० पुस

काठमाडौं । जनजाती अगुवा आङकाजी शेर्पाको बारेमा सामाजिक संजार र संचारमाध्यमहरुमा दुई खाले प्रतिक्रिया आइरहेका छन् । एक थरीले विरोध त अर्को थरीले समर्थन ।

पुस २७ गते पृथ्वीनारायण शाहको शरीरमाथि थुकेपछि शेर्पाको पक्ष र विपक्षमा सामाजिक मनोविज्ञान बाँडिएको हो । सरकारले सार्वजनिक विदा दिएर शाहको जन्मजयन्ती मनाइरहेका बेला शेर्पासहितका जनजाती अगुवाहरुले किर्तिपुरमा ठूलो अक्षरमा पृथ्वीनारायण शाह लेखिएको कागजमाथि थुकिरहेका थिए । त्यो भन्दा पहिले सरकारले दिएको विदाको विरोधमा नारा लगाएका थिए । उनीहरुले पृथ्वीनारायण शाहलाई हत्यारा भन्दै एकताको प्रतिक हुन नसक्ने बताएका थिए ।

शाहमाथि शेर्पासहितका जनजाती अगुवाहरुले थुक्दै गरेको भिडियोसहितको समाचार पहिलो पटक अनलाइन डबलीले प्रकाशित गरेपछि सामाजिक संजाल र संचारमाध्यमहरुमा भाइरल बनेको थियो ।

शेर्पालाई समर्थन गर्नेभन्दा पनि विरोध र गाली गर्नेहरुको संख्या धेरै छ । अहिले पनि उनको फोटोमा असभ्य र अश्लील शब्द प्रयोग गरेर टिप्पणी भइरहेका छन् ।

यसैबीच शेर्पाले एक अनलाइनलाई अन्तरवार्ता दिएका छन् । उनले अन्तरवार्ताको क्रममा आफू कुनै जाती विरोध नभएर उत्पीडित वर्ग र समुदायको पक्षमा लागेको बताएका छन् । उनले आफूलाई बाहुनविरोधको ट्‍याग लगाएको भन्दै आपत्ति समेत जनाए । उनले यसो भनेका छन्,  ‘असनचोकमा खाली खुट्टा माडेको भारी बोक्ने बाहुन दाजुभाईको पक्षमा म सधैँ लड्नेछु, उत्पिडनमा परेका बाहुनको लागि लड्न आङकाजी तयार छ, । शेर्पाले नेपालका सबै शासक ब्राह्मण भएको तर सबै ब्राह्मण शासक नभएको समेत बताए ।

शेर्पाले आफूलाँई फोनबाट धम्की आइरहेको तर आफू नडराउने बताए । उनले मुक्तिको आवाज उठाउँदा कसैले रातको १२ बजे गोली ठोक्छ भने पनि तयार रहेको बताए । ुम डराउँदिन, मुक्तिको लागि आवाज उठाउँदा कसैले रातको १२ बजे गोली ठोक्छ भने पनि आङकाजी शेर्पा डराउने छैन’ शेर्पाले भने । उनले आफूले सत्तामा रहेका ब्राह्मणको प्रबृत्तिको विरोध गरेको उनको दाबी गरे ।

त्यसैगरी शेर्पाले ब्राह्मण समुदायमा पितृसत्ताको कारण महिलाहरु पीडित भएको बताउँदै आफू उनीहरुको पक्षमा रहेको दाबी समेत गरे ।

यो पढ्‍नुभयो ?

पृथ्वीनारायण शाहको शरीरमा अाङकाजीको नेतृत्वमा थुक्दै गरेको भिडियो भाइरल (पूरा भिडियो)

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]