Dabali News

११ कक्षाको नतिजा सार्वजनिक, ७४ जनाको नतिजा रद्द

२९ पुस

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ परीक्षा फल सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका थिए। यसमध्ये ७४ जनाको नतिजा रद्द गरिएको उनले बताए। बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ।

बिषयगत ग्रेड मात्रै गरिएको बतासले बताए। एसइइमा जस्तो बिषयत जीपी र एकमुष्ट जीपीए निकालेको छैन। विद्यार्थीले आफ्नो सिम्बोल नम्बरबाट आफ्नो कुन बिषयमा कुन ग्रेड आयो? भन्ने मात्रै थाहा पाउने छन्।

९० देखि एक सयसम्म ल्याउनेको बिषय ग्रे ए प्लस हुन्छ। त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ।

डी प्सल वा त्यो भन्दा मुनी कुनै एक बिषय हुने विद्यार्थीले माघ २७ गते ग्रेड बृद्धि परीक्षा दिन पाउने बोर्डले जानकारी दिएको छ ।

परीक्षा बोर्डले नतिजा प्रकाशनको लागि स्वीकृति लिएका अन्य निजी वेबसाइटलाई पनि यसबारे पहिल्यै जानकारी दिएको थिएन ।परीक्षा बोर्डको वेबसाइटमा समेत नतिजा प्रकाशन भएको छैन

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]