Dabali News

Ad

कर्णालीका जनप्रतिनिधिहरुले भने- समृद्धि हेर्न निम्तो दिने छौं

२९ पुस

कालिकोट । कर्णालीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले आफूहरु पाँच वर्षभित्र कर्णालीको विकासको बलियो आधार तयार गर्ने बताएका छन् । उनीहरुले अबको २० वर्षमा कर्णालीको समृद्धि हेर्न निम्तो दिने गरी काम गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

कर्णाली कला, संकृति प्रतिस्ठानले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै कर्णालीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले परनिर्भता हटाएर कर्णालीलाई आत्मनिर्भर बनाउन शसक्त भूमिका खेल्ने बताए ।

कालिकोटबाट प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतले परनिर्भता हटाए मात्रै कर्णालीको विकास हुने बताए । कर्णालीको विकासको लागि जल, जमिन, जडिबुटी, जंगल र युवा जनशक्तिको सदुपयोग गरेर कर्णालीलाई समृद्ध बनाउन सकिने धारणा राखे । कर्णालीको युवा शक्तिको पसिना कर्णालीमै बग्ने वातावरण बनाउने प्रतिवद्धता जाहेर गरे । राज्यको नीतिका कारण कर्णाली पछाडि परेको बताउँदै रावतले नीति आफूले त्यसमा ध्यान दिने बताए।

हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित छक्कबहादु लामाले नेपालको कला, साहित्यको शिरविन्दू कर्णाली भएको बताउँदै त्यसलाई बचाउनु पर्ने बताए । लामाले कर्णालीको विकास भनेको रुपान्तरण भएको बताउँदै सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा रुपान्तरण गर्नुपर्ने बताए । त्यसमा सबैको साथ सहयोग हुने विश्वास पनि व्यक्त गरे ।

राज्यबाट पृष्ठभागमा आफ्नो अक्षर नहुने बताए । उनले कर्णाली राज्यबाट पृष्ठभागमा रहेको बताउँदै कला र साहित्यको विकास हुन नसकेको बताए ।

मुगुबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गोपाल बमले कर्णालीको विकासको खाकासहितको ‘कर्णाली घोषणा पत्र’ जारी गर्नुपर्ने बताए । यसैलाई केन्द्रमा राखेर आगामी पाँच वर्ष काम गरे कर्णालीको रुप र परिभाषा फेरिने बताए ।

बमले कर्णालीको संस्कृति उत्कृष्ट भएको बताउँदै गाउँमा लुकेको कला र प्रतिभालाई बाहिर ल्याउनु पर्ने आवश्यकता रहेको बताए । जल, जडिबुटी, पर्यटनको विकास गरे कर्णाली छोटै समयमा समृद्ध बनाउन सकिने बताए ।

जुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य नरेश भण्डारीले विगतको राज्य व्यवस्थाले कर्णालीको निधारमा गरिबीको टिका हटाउने गरी काम गर्नुपर्ने बताए । कर्णालीलाई पछाडि पार्ने राज्य व्यवस्थाको अन्त्य भएकोले अब समृद्धिको ढोका खुलेको बताए ।

भण्डारीले कर्णालीमा दुःख, पीडा समाचार र साहित्य बन्ने गरेको बताउँदै अब त्यसको ठाउँमा समृद्ध कर्णालीमा बदल्नु पर्ने बताए । “अबको समाचार होइन, समृद्धिको समाचार लेख्न आह्वान गर्ने छौं । कर्णालीका दुःख र दर्दको सहित्यको परिभाषा बदल्ने छौं । २० वर्षभित्र पीडाका साहित्यलाई खुशीको साहित्यमा बदल्ने छौं, समृद्धिका समाचार लेख्न पत्रकारलाई निम्ता दिने छौं र समग्र कर्णालीको समृद्धिलाई हेर्न विश्वलाई नै निम्तिो दिने छौं” भण्डारीले भने । उनले संघर्षको संस्कृतिलाई स्थापित गरी ६ नम्बर प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउने प्रतिवद्धता जाहेर गरे ।

कालिकोटबाट प्रदेश सभामा निर्वाचित महेन्द्रबहादुर शाहीले कर्णालीको विकासको लागि सबै आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने धारणा राखे । उनले अबको अरुलाई गाली गर्ने होइन आफै जुट्ने संस्कृतिको विकास गर्नुपर्ने बताए ।

“कर्णालीको विकासको लागि सडक, विजुली, खानेपान विकास गर्दै प्राकृतिक स्रोत साधानको सदुपयोग गर्ने नीति बनाउनु पर्ने पर्छ । कर्णालीले परनिर्भता होइन आफुनै पौरखमा विश्वास गर्नुपर्ने बताए” शाहीले भने । उनले कर्णालीका कला, संस्कृतिसँगै भाषाको संरक्षण गर्नुपर्ने धारणा राखे ।

मुगुबाट प्रदेश सभा सदस्यमा निर्वाचित दानसिंह परिवार पृथ्वीनारायण शाहले एकीकरण गरेर कर्णालीको राज्य खोसेको बताएपछि सिंगो कर्णाली क्षेत्र पछाडि परेको बताए । परिवारले कर्णालीको कला, साहित्यको संरक्षणको लागि ‘कर्णाली प्रज्ञा प्रतिस्ठान’ गठनको पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा डा. दिपेन्द्र रोकायाले कर्णालीको समृद्धिको जनप्रतिनिधिहरुलाई एक जुट भएर लाग्न सुझाव दिए । त्यसको लागि कर्णालीको वृहत योजना बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमको संचालन प्रकाश बलमे गरेका थिए भने अध्यक्ष प्रस्ठिानकी उपाध्यक्ष देवकी तिम्सिनाले गरेकी थिइन् ।

कार्यक्रममा कर्णालीका स्रष्टाहरु संकल्प निर्मोही, हिम्मत शाही, कमल कोपिला, प्रकाश बम, लालप्रसाद पोखरेललगायतले गीत, कविता, गजल, मुक्तक प्रस्तुत गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]