Dabali News

बाक्लो हुस्सुका कारण बस ठोकियो, दुवै चालकको खुट्टा भाँचियो

२९ पुस

धनगढी । आज बिहान कैलालीमा दुई बस एकापसमा ठोक्किदाँ चालकसहित दुई दर्जन यात्रु घाइते भएका छन् ।

टीकापुरबाट धनगढीतर्फ आइरहेको ना ४ ख ५१३२ नम्बरको बस र महेन्द्रनगरदेखि नारायणघाटका लागि छुटेको ना ७ ख २२६ नम्बरकोे बस कैलालीको लम्कीमा शनिबार बिहान ८ बजेतिर एकापसमा ठोक्किदा बसमा सवार २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुवै बसका चालकद्वय दिनेश बोहरा र प्रेम श्रेष्ठको अवस्था गम्भीर रहेको छ । साथै बसमा सवार गौतम थारु, दिप प्रभात र रञ्जु खडका गम्भीर घाइते भएका छन् । चालक दुवैको बस ठोक्किएर च्यापिँदा दुई खुट्टा भाँँचिएको छ ।  चालक बस्ने सिट रक्ताम्मे भएको छ ।

घाइते सबैलाई कोहलपुर मेडिकल कलेज पुर्याइएका इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक जनकबहादुर सिहले जानकारी दिएका छन् । बिहानैदेखि बाक्लो हुस्सु लागेको र चालकले सडकलाई राम्रोसँग पहिचान गर्न नसक्दा एकापसमा ठोकिएको बसमा सवार अन्य घाइतेहरुले बताएका छ ।

तराई क्षेत्रमा केही दिनदेखि बाक्लो हुस्सु र शीतलहर जारी रहेकै कारण सवारी साधन दुर्घटना बढेको र बालक, वृद्धावृद्धको ज्यान जाने क्रम रोकिएको छैन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]