Dabali News

पत्रकार महासंघका अध्यक्ष अाचार्य र महासचिव विष्ट गिरफ्तार

२९ पुस

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द अाचार्य, महासचिव रमेश विष्टसहित चार जना पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ । कतार शाखाको अायोजना कार्यक्रममा भाग लिइरहेको बेला उनीहरुलाई गिरफ्तार गरिएको हो ।

शुक्रबार कतारको दोहास्थित ग्राण्ड प्यालेस होटलमा पत्रकार महासंघको कतार शाखाले गरेको कार्यक्रममा सहभागी भएका बेला कतारका सुरक्षाकर्मीले गिरफ्तार गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ बजे प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो ।

प्रहरीले पत्रकारको साथमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेललाई पनि पक्राउ गरेको छ । पत्रकारहरुका लागि होटल तथा भिसाका लागि उनले सहयोग गरेका थिए । पक्राउ परेकाहरुलाई कतार प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सरकारी निकायको अनुमति बेगर कार्यक्रम गरेको आरोप कतार सरकारले लगाएको बुझिएको छ ।

कतारस्थित नेपाली दूतावासको पहलमा पक्राउ परेका पत्रकारहरुलाई छुटाउने कोसिस भइरहेको कतारमा कार्यरत एक पत्रकारले जानकारी दिए । अध्यक्ष आचार्य नेतृत्वको टोली गत सोमबार कार्यक्रममा भाग लिन काठमाडौँबाट कतार पुगेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]