Dabali News

Ad

प्रधानन्यायाधीशविरुद्ध चार वरिष्ठतम् न्यायाधीशको पत्रकार सम्मेलन

२९ पुस

काठमाडौं । प्रधानन्यायाधीशको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका चार न्यायाधीशले पत्रकार सम्मेलन गरेर विरोध गरेका छन् ।

यो भारतको सर्वोच्च अदालतको समाचार हो । शुक्रबार राजधानी नयाँदिल्लीमा सर्वाेच्चका वरिष्ठतम् चार न्यायाधीशले पत्रकार सम्मेलन गरेका आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।

भारतीय न्याय इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चकै न्यायाधीशले यसरी सार्वजनिकरूपमा पत्रकार समेलन गरेका हुन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार पत्रकार सम्मेलन गर्नेहरूमा न्यायाधीश जे चलामेशेरम, रन्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफ छन् ।

पत्रकार सम्मेलनमा उनीहरुले प्रधानन्यायाधीश दीपक मिश्रमाथि महाअभियोग लगाउनेरनलगाउने निर्णय गर्ने बेला आएको बताए ।
त्यहाँको सर्वोच्चका दोस्रो नम्बरका न्यायाधीश जे चेलमेश्वरले ‘यो संस्थालाई नबचाए यो देशमा वा कुनैपनि देशमा लोकतन्त्र जीवित नरहने’ भन्दै ‘स्वतन्त्र एवं निष्पक्ष न्यायालय राम्रो लोकतन्त्रको निशानी’ भन्ने निचोडमा पुुगेर यो कदम उठाएको बताए ।

सर्वोच्च प्रशासन ठीक तरिकाले नचलेको र ठीक बनाउन अनेक कोसिस गर्दा पनि सम्भव नभएको भन्दै उनले पटक–पटक प्रधानन्यायाधीशलाई भेट्दा पनि कुनै उपाय नलागेपछि सार्वजनिकरुपमा आउनुपरेको बताए ।

‘भोलि हामीलाई आफ्नो आत्मा बेचेको आरोप नलागोस् भनेर यस्तो गर्नुपरेको’ उनको भनाइ थियो ।

वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बनेका दीपक मिश्र १३ महिनाको कार्यकाल पूरा गरेर २ अक्टोबर २०१८ मा अवकाश पाउँदैछन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]