Dabali News

Ad

जाली फुट्‍ने गरी श्रीमानले कुटेपछि ‘निर्मली’ले मागिन् सुझावः डिभोस गरौं की अभिनय छोडौं ?

२८ पुस

काठमाडौं । चर्चित हाँस्य कलाकार निरु खड्का ‘निर्मली’का श्रीमानले कुटपिट गरेको खुलासा भएको छ ।

विवाह गरेदेखि नै कलाकारिता छोडेर घरमै बस्न दिएको दबावलाई निरुले अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको हो । उनका श्रीमानले पटकपटक अभिनय छोडेर घरमै बस्न दवाब दिदै आएका थिए । तर श्रीमानको दवावलाई निरुले अस्वीकार गर्दै आएकी थिइन् ।उनीहरुबीचको विवाद उत्कर्षमा पुग्दा श्रीमानले निर्घात कुटपिट गरेका छन् । श्रीमानको कुटाइबाट निरूकाे कानको जाली फुटेको बुझिएको छ ।

आफु माथि कुटपिट भएपछि सामाजिक संजाल फेसबुकमा सांकेतिक स्टाटस समेत लेखेकी छन्, `जब सहन सक्ने साहस सकिन्छ तब मानिसले बिद्रोह गर्छ स्वाभिमानका लागि ।’ उनले अभिनय क्षेत्र छोड्न परिवारले दवाब दिएको भन्दै अब कसरी अगाडि बढ्ने भने बिषयमा सुझाब समेत मागेकी छन् ।

कलाकार निरुले परिवारले कलाकारिता छोडेर बस भन्‍ने तर अाफूले छोड्‍न नसक्ने भन्दै भन्दै दर्शक तथा अाफ्ना फ्यानसँग सुझाव मागेकी छन् । निरुले लेखेकी छन्, ‘मलाई परिवारले काम छोडेर बस भन्छ तर म अभिनय छोड्न सक्दिनँ,अब म के गरु ? डिबोस गरेको राम्रो कि काम छोडेको राम्रो सुझाब दिनुहोस् ।´

चर्चित हास्य टेलीसिरियल मेरीबास्सै लगायत एक दर्जन भन्दा बढी फिल्ममा समेत काम गरेकी छन् ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]