Dabali News

केपी, प्रचण्ड, खनाल, नेपाल र बाबुरामले नगरेको काम देउवाले गरे, छिन्‍ताङले न्याय पायो

२८ पुस

काठमाडौं । कम्युनिस्ट सरकारले गर्नु पर्ने तर नगरेको काम नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍ बैठकले ३८ वर्षअघि छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको हो ।

तत्कालिन नेकपा मालेलाई सहयोग गरेको भन्दै प्रहरीले धनकुटाको छिन्ताङ गाउँमा १६ जनाको प्रहरीले हत्या गरेको थियो ।
त्यतिबेलाका नेता तथा एमाले अध्यक्ष केपी ओली र झलनाथ खनाल प्रधानमन्त्री भए तर छिन्‍ताङबारे कुनै निर्णय गर्ने समय खर्च गरेनन् ।

जनयुद्धमा छिन्‍ताङ घटनालाई राजनीतिक मुद्दा बनाएका प्रचण्ड र बाबुराम भट्टराईको छिन्‍ताङ घटनाको याद नै अाएन । गणतन्त्र स्थापनापछि पनि पाँच कम्युनिस्ट नेता प्रधानमन्त्री भएर पनि छिन्‍ताङको घाउमा मलम-पट्टी लगाउन सकेनन् तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि छिन्‍ताङलाई सम्झे ।

तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा ०३६ कात्तिक २७ गते प्रहरीले १६ जनाको हत्या गरेको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]