Dabali News

Ad

पृथ्वीनारायण शाहको शरीरमा अाङकाजीको नेतृत्वमा थुक्दै गरेको भिडियो भाइरल (पूरा भिडियो)

२७ पुस

काठमाडौं । अाज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती । सरकारले सार्वजनिक विदा दियो । नेपालमा गणतन्त्र स्थापना भन्दा पहिलो अाजैको दिनलाई  राष्ट्रिय एकता दिवसको रुपमा मनाइन्थ्यो । गणतन्त्रपछि २०६४ बाट सरकारले पुस २७ लाई एकता दिवस नमनाउने निर्णय गर्दै दिँदै अाएको सार्वजनिक विदालाई समेत खारेज गर्‍यो ।

सरकारको यो निर्णयले राज संस्थाप्रति अास्था राख्ने र पृथ्वीनारायण शाहलाई एकताको प्रतिकको रुपमा मान्‍नेहरुले विरोध गरे । जनयुद्ध र जनअान्दोलनको  राप र तापबाट बनेको सरकार र त्यसमा पनि भरखरै राजतन्त्रको विधिवत रुपमा अन्त्य भएकोले सडकमा निस्कने अाट कसैले गरेन । तर, भित्रभित्रै एउटा तप्काले विरोध गरिरहेको थियो ।

त्यसैगरी पृथ्वीनारायण शाहलाई एकता होइन सामान्ती राज्य विस्तार गरेको भन्‍दै राजतन्त्रको  नै अन्त्यको लागि जनयुद्ध गरेको माओवादी र अाफ्नो अधिकार खोसिएको भन्दै लामो समयदेखि विरोधमा रहेका अादिवासी तथा जनजातीहरु खुशी भए ।

१२ वर्षपछि फेरि खोलो फर्कियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पुस २७ गते सार्वजनिक विदा नै दियो ।  सरकारले विगतमा झैं अौपचारिक रुपमा भव्य कार्यक्रम नगरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकलाई माला लगाइदिइन । गणतन्त्र नेपालकी राष्ट्रपतिले सामान्तीतन्त्रको नाइकाको शालिक अगाडि झुकेको भन्दै सामाजिक संजालमा विरोध पनि भइरहेको छ ।

अर्कोतिर अादिवासी जनजाती अगुवाहरुले पृथ्वीनारायण शाहले अाफ्नो अधिकार खोसेको भन्दै कालो दिनको रुपमा विभिन्‍न कार्यक्रम गरे । उनीहरुले अधिकार खोस्नुको साथै जनजातीको नाक काटेको भन्दै हत्यारा भन्दै प्रतिकारात्मक रुपमा पृथ्वीनारायण शाहको शरीरमाथि सामुहिक रुपमा थुकेका छन् । पृथ्वीनारायण शाह लेखिएको कागजमा जनजाती अगुवाहरुले थुकेका हुन् ।

सामान्ती राज्यलाई बलियो बनाउन साना राज्यमाथि दमन गरेको बताउँदै अाङकाजी शेर्पालगायतका जनजाती अगुवाहरुले पृथ्वीनारायण शाह एकताको प्रतिक हुन नसक्ने बताए । सरकारले सार्वजनिक विदा दिएर गणतन्त्रको खिल्ली उडाएको समेत बताए ।

हेर्नुहोस् भिडियो 

पृथ्वीनारायण शाहको शरीरमाथि जतजाती अगुवाहरुले सामुहिक रुपमा यसरी थुके

पृथ्वीनारायण शाहको शरीरमाथि जतजाती अगुवाहरुले सामुहिक रुपमा यसरी थुके

Posted by Online Dabali on Thursday, January 11, 2018

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]