Dabali News

बालकृष्णले जेलबाटै भने- अदालती अत्याचारको विरोध गरेकोमा डा‍. केसीलाई अभिवादन

२७ पुस

काठमाडौं । जनयुद्धकालिन मुद्दामा जेल चलान भएका माओवादी नेता बालकृष्ण ढुंगेलले डा.गोविन्द केसीको अान्दोलनप्रति एेक्यवद्धता जाहेर गरेका छन् ।

डिल्लीबजारस्थित सदरखोर कारागार कैद भुक्तानी गरी रहेका ढुङेलले अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनको विरुद्ध अावाज उठाएको भन्दै डा.केसीको अान्दोलनको समर्थन गरेको छोरी विनिताले बताएकी छन् ।

जेठी छोरी विनिता ढुङेलले जेलमा भेट्न गएका अाफन्तहरुमार्फत ढुंगेलले डा.केसीको अान्दोलनमा एेक्यवद्धतासहित अभिवादन सुनाइदिनु भनेको बताएकी छन् । ढुंगेलले नेपालको इतिहासमा डा.केसीले दोस्रो पटक दोस्रो व्यक्तिले अदालती अत्याचार र व्यापारिक न्याय सम्पादनको विरुद्ध अावाज बुलन्द गरेको बताएका छन् ।

विनिताले सामाजिक संजालमा लेखेकि छन्,‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्याय सम्पादन विरुद्ध आवज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा. गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’

बालकृष्णले अदालतको गलत कार्यको विरोध पहिलो पटक अाफूले गरेको त्यसपछि दोस्रो पटक डा.केसीले बोलेको बताएको बताएका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]