Dabali News

Ad

माओवादी केन्द्रका मन्त्रीहरु राजिनामा दिँदै

२७ पुस

काठमाडौं । पार्टीभित्र र बाहिर चर्को अालोचना हुन थालेपछि माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिने भएका छन् ।

माकेले प्रतिपक्षी नेकपा एमालेसँग पार्टी एकतासहितको चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माकेका मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए । प्रधानमन्त्री देउवाले पटक पटक राजिनामा दिन अाग्रह गर्दापनि नसुनेझैं गरेर मन्त्री क्वाटरमा बसिरहेका माओवादी केन्द्रका सबै मन्त्रीहरुले विहीबार सामुहिक राजिनामा दिएका छन् ।

निर्वाचन भाड्‍ने षड्‍यन्त्र रोक्न भन्दै चुनाव राजिनामा दिन नमानेको माओवादी केन्द्रले चुनावपछि पनि राजिनामा दिन नलगाएपछि पार्टीभित्रै चर्को अालोचना भएको थियो ।

विहीबार साँझै राजिनामा पत्र प्रधानमन्त्री देउवालाई बुझाउने तयारी भइरहेको विनाविभागीय मन्त्री प्रभाकरले जानकारी दिए । पार्टीबाट नेतृत्व गरेका कृष्णबहादुर महरा राजधानी बाहिर भएका कारण विनाविभागीय मन्त्री गिरिराजमणी पोखरेलले राजिनामा पत्र बुझाउन लागेको बताइएको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]com
[email protected]