Dabali News

Ad

नविना लामा माके कार्यालय पेरिसडाँडामा अामरण अनसन बस्ने

२८ पुस

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकताले गति लिन नसकेपछि पार्टीका तल्लोस्तरका नेता-कार्यकर्तालाई खुलदुली बढेको छ । उनीहरुलाई एकता नहुने हो कि भन्‍ने पिरलो छ । पार्टीका भातृ संस्थाहरुले सँगै कार्यक्रम गर्नेदेखि सँग उठबस बाक्लिएको छ ।

कर्मचारीदेखि विद्यार्थी संगठनका नेताहरुले पनि एकता चाँडो गर्न नेताहरुलाई दवाव दिँदै अाएका छन् । उनीहरुले नेताहरुले नगरेपनि अाफूहरु एकता गर्ने चेतावनी दिएका छन् ।

दुबै पार्टी निकटका विद्यार्थी संगठनले पार्टी कार्यालयमा अनसन बस्ने तयारी गरेका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी उपाध्यक्ष पञ्चा सिंहले यो खुलासा गरेकी हुन् ।

संगठनको कैलाली जिल्ला समितिलाई प्रशिक्षणमा बोल्दै सिंहले एकता विथोल्ने प्रयास भए त्यसको प्रतिरोधमा उत्रने चेतावनी दिइन् । सिंहले एकता नहुने संकेत पाउँने वितिक्कै दुबै पार्टीका केन्द्रीय कार्यालयमा अनसन बस्ने समेत जानकारी दिइन् । उनले अाफ्नो संगठनका अध्यक्ष रञ्जित तामाङ एमाले मुख्यालयमा र एमाले निकट अनेरास्वियुकी अध्यक्ष नविना लामा पेरिसडाँडामा अामरण अनसन बस्ने बताइन् ।

सिंहले युवा विद्यार्थीहरुको सपना वामपन्थीहरुको स्थायी सरकारले मात्र पुरा गर्ने भन्दै उनले अब देश समृद्धितर्फको यात्रामा जाने दाबी गरिन् ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]