Dabali News

Ad

बालकृष्णपछि जनमुक्ति सेनाका एक कमाण्डर जनयुद्धकालिन घटनामा जेल चलान

२७ पुस

विराटनगर । जनयुद्धकालिनय घटनामा दोषी ठहर गर्दै माओवादी नेता बालकृष्ण ढुंगेललाई जेल चलाउन गरेपछि फेरि अर्का एक पूर्व जनमुक्ति सेनाका कमाण्डरलाई जेल हालिएको छ ।

ढुंगेललाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो भने पूर्व जनमुक्ति सेना सुनिलकुमार भगतलाई नेपाली सेनाले दोषी ठहर गरेको हो । सेनाले भगतलाई भगौडा भन्दै कोर्ट मार्शल गरी सैनिक एेन अन्तगरत करागार चलान गरेको हो ।

भोजपुरको बिष्णुदल गणमा सैनिक जवान पदमा कार्यरत रहेको बेला भगत दुई थान राइफल, त्यसमा लाग्ने ५ थान म्याग्जीन र ९ सय थान गोलीसहित २०६२ साल साउन ८ गते तात्कालिन जनमुक्ति सेनामा प्रवेश गरेका थिए ।

मोरङ ग्रामथान गाउँपालिकाका घर भएका भगत हाल नेपाल कम्युनिस्ट पार्टीमा अावद्ध थिए । चुनाव खारेज अभियानको क्रममा प्रहरीले भगतलाई गिरफ्तार गरेर सेनालाई बुझाएको थियो । सेनाले भगतलाई लामो समयसम्म वेपत्ता परेको नेकपाले विज्ञप्ति समेत निकाल्दै रिहा गर्न माग गरेको थियो ।

जनयुद्धमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सेना र प्रहरी छोडेर जनमुक्ति सेनामा भर्ना हुन गरेको अाग्रहअनुसार नै भगतले सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा प्रवेश गरेका हुन् ।

नेपाली सेनाले भगौडा सिपाहीको रुपमा कारवाही गरेको बताउँदै शान्ति सम्झौतासँग नजोडिएको बताएको छ । तर, माओवादी केन्द्र र नेकपाले भगतलाई जेल चलान गर्नु शान्ति सम्झौता विपरितको कार्य भनेका छन् ।

‘द्वन्द्वकालिन हरेक प्रकारका मुद्दा हेर्ने सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हो, अहिले शान्ति प्रकृयालाई प्रभावित गर्ने गरी कसैले पनि गतिविधि गर्नु उचित हुँदैन’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले भनिन् । उनले भगतमाथि भएको कारवाहीको विषयमा पार्टीमा छलफल गरी धारणा सार्वजनिक गर्ने बताइन् ।

भगतलाई कोर्ट अफ इन्क्वाइरी गरी कारागार व्यवस्थापन विभाग जगन्नाथ देवलमा राखिएको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]m