Dabali News

इलाममा जडीबुटी प्रशोधन केन्द्र स्थापना

१२ कार्तिक

काठमाडौं । इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् ।

स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्ने उद्देश्यले १६ लाखको लागतमा आफ्नै घर छेउमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका हुन् ।

गाउँघरमा खेर गइरहेका जडीबुटीको प्रशोधन गरी बिक्री गर्ने उनले बताए । यो उद्योगमा धूपी, धसिङ्गरेबाहेक मेन्या क्यामोमाइल जस्ता सुगन्धित जडीबुटीको प्रशोधन हुने छ ।

धूपीबाट उत्पादित तेल बाथ रोग र ढाड दुख्ने समस्या भएका व्यक्तिलाई उपयोगी हुने र मेन्थाको तेल दाँत, मुख र पेटमा समस्या भएकालाई उपयुक्त हुने बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]