Dabali News

आज बिहान मलेसियाका मन्त्रीले गरे पशुपतिनाथको दर्शन

१२ कार्तिक

काठमाडौं । नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।

करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरे ।

मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए ।

सो अवसरमा कोषले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग आग्रह गरेको छ । आफूले १० वर्ष अघि ९ दिन नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री कुलाशेगरानले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने बताए ।

मन्त्री कुलाशेगरान नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौँ आएका हुन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]