Dabali News

काठमाडौंका भित्री शहरमा गाडी चलाउन निषेध

२६ पुस

काठमाडौं । ट्राफिक जाम भएर अस्तव्यस्त हुन थालेपछि काठमाडौंका मुख्य भित्री शहरमा चारपांग्रे गाडी गाडी चलाउन निषेध गर्ने लागिएको छ ।

काठमाडौं महानगरपालिकाले अागामी माघ २ गतेदेखि चार पांग्रे र त्योभन्दा ठूला सवारी प्रवेश निषेध गर्ने जनाएको छ । कतिपय सडकहरुमा एकतर्फी मात्रै चलाउन पाइने छ ।

काठमाडौं महानगरपालिकाका अनुसार इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बन्टुमा चार पांग्रे सवारीलाई निषेध गरिने भएको छ ।

त्यसैगरी भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन भने नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ । टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ । क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ ।

काठमाडौं महानगरपालिकाले वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री शहरमा चारपांग्रे सवारी निषेधको घोषणा भएको हो ।

नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवना लगाउने ट्राफिक प्हरीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]