Dabali News

ओलीले एयरपोर्टमा भने- स्वास्थ्य समस्या छैन ! जनताको प्रश्‍न-अनि के घुम्न जान लागेको हो ?

२६ पुस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अाफूलाई खासै स्वास्थ्य समस्या नभएको बताएका छन् । थाइल्याण्डको राजधानी बैंकक उड्‍‍नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बोल्दै अध्यक्ष ओलीले अाफूलाई खास समस्या नभएको बताएका हुन् ।

केही दिनदेखि स्वास्थ्य समस्या भन्दै राजनीतिक कार्यक्रमलाई रोकेर अाराम गरिरहेका ओलीले खासै समस्या नभएको तर नियमित स्वास्थ्य परीक्षणको लागि जान लागेको बताए । ‘खास स्वास्थ्यमा समस्या केही छैन। मृर्गौला फेरेको मान्छे भएकाले समय-समयमा स्वास्थ्य परीक्षण गर्नु राम्रो हुन्छ’ ओलीले भने ।

ओलीको साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सक पनि थाइल्याण्ड गएका छन्।

ओलीले दुई पार्टीको एकताबाट आत्तिएका र तर्सिएका शक्तिहरु एकता विथोल्न सक्रिय भएको भन्दै ति प्रयास सफल नहुने बताउँदै अाफू फर्के लगत्तै एकताको कामले तीब्रता पाउने समेत बताए ।

अध्यक्ष ओलीले अाफ्नो स्वास्थ्य समस्या नभएको बताएपछि केही समाजिक प्रयोगकर्ताहरुले घुम्न जान लागेको भन्दै ब्यंग्य समेत गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]