Dabali News

के हो श्रीपेच ?

नेपालमा जुन सयममा राजतन्त्र थियो, त्यही समयमा नेपालका राजाले गद्दी आरोहणका समयमा प्रयोग गर्ने पहिरन श्रीपेच हो । श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा रहेका छन् । श्रीपेचको टायरामा २ हजार ७ सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुन्डिने कल्की बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर रहेको छ । बर्ड अफ प्याराडाइज दुर्लभ र प्रतिविन्धत चरा हो । कल्की बाहेकका सबै श्रीपेचका भागमा हिरामोती, माणिक, नवरत्न, सुनले जडिएको रहेको छ । २०६५ साल जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोड्ना श्रीपेच तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको जिम्मा लगाएका थिए ।

आर्थिक वर्ष २०६८÷०६९ मा क्याविनेटको निर्णयलेनै यसलाई दरबार संग्रहालयको प्रदर्शनी कक्षमा राख्ने निर्णय गरेको थियो । राजाले पहिरने श्रीपेच सोमबारदेखि सर्वसाधारणको लागि भन्दै सार्वजनिक गरिएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

नेपाली जनताको छोराछोरी राष्ट्रको कार्यकारी हुनपर्छ भन्दै राजतन्त्रविरुद्ध राजनीतिक दल लागे । देशमा आएको लोकतन्त्र, गणतन्त्रसहितको संघीय संविधानअनुसार देश संघीयतामा गएसँगै नारायणहिटीमा रहेको श्रीपेच दुईतिहाई बहुमत पाएको जननिर्वाचित कम्युष्टि सरकारले सार्जजनिक गर्नु कुनै बाधा अड्चन हुने भएन । सरकारको यो कामलाई स्वभाविक रुपमा लिन सकिन्छ ।

राजतन्त्रको अन्त्य भएसँगै बन्द कोठामा सिमित रहेको श्रीपेच सार्वजनिक गरेर मात्र हुँदैन । यदि यसो गरियो भने, सरकारको सस्तो लोकप्रियाताको लागि मात्र सिमित छ । सस्तो लोकप्रियाताको लागि गरिएका कामले देश समृद्धि हुँदैन । राजतन्त्र ढल्दैमा, श्रेपेच सार्वजनिक गर्दैमा नेपालका आम नागरिकहरुको गौरव मानिँदैन । राजतन्त्रको समयमा विश्वमाझ नेपालीको छबी उच्च थियो । राजन्तको अन्त्य भएसँग म नेपाली हुँ, स्वतन्त्र रुपमा भन्ने सक्ने हिक्मत कमजोर हुँदै गएको छ । जनताका मुक्तिको लागि भन्दै देशको कार्यकारी पदमा आसिन हुन पुगेकाहरुले नेपालीहरुको गौरवलाई यर्थावत राख्न नसक्नु दुर्भाग्य हो । राजतन्त्रमा नेपालीहरुका जतिको मान, मयार्दा र गौरवशाली सम्मान थियो । अहिले त्यो पहिचान मेटिँदै गएको छ । सरकारले राजाको श्रीपेच मात्र सर्वाजनिक गदैँमा केही हुँदैन । रहस्यमय नारायणहिटी दरबार हत्याकाण्ड श्रीपेचजस्तै गरी सबैमाझ सार्वजनिक गर्न सक्छु पर्छ । सत्य, तथ्य के हो ? भन्ने कुन खोजिनीति नगरी मृत्यु भईसकेको मानिसलाई दोषी बनाई आफु पन्छिनु आफु दोषि हुनु हो ।

श्रीपेचलाई त सरकारले सार्वजनिक ग¥यो तर श्रीपेच कुन राजाको पालामा निर्माण थियो ? श्रीपेचको डिजाइन कसले गरेका थिए ? भन्ने कुराको इतिहास पत्ता लगाएर सार्वजनिक गरिएको भए सरकारको उपलब्धी मानिने थियो । श्रीपेचको इतिहास नेपाली माझ अझै रहस्य छ । दरबारहत्या काण्ड रहस्य जस्तै । नेपालीहरु त्यहि कुरा थाहा पाउन चाहान्छन् । श्रीपेचको इतिहास पत्ता लगाउनको लागि रोमन संस्कृतिको नेपालको इतिहास पत्ता लगाउनु पर्छ । त्रिभुवनको पाला श्रीपेच निर्माण भएको भन्ने गरेपछि त्यसमा कुनै सत्यता छैन । विज्ञानले सत्य तथ्य खोज्ने जस्तै सत्य, तथ्यको खोजी गरी सार्वजनिक गर्नुपर्छ । अनुमानको आधारमा बनाईएका प्रमाण निरीह हुन्छन् ।

  • नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन्
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]