Dabali News

Ad

अन्ततः डा. केसी रिहा, पराजुलीका कागजपत्र झिकाउने निर्णय

२६ पुस

काठमाडौँ । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई बिना धरौटी तारेखमा रिहा गरेको छ । केहीबेर अघि तयार भएको संक्षिप्त आदेशमा डा. केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मा लगाउन भनिएको छ ।

अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने भनिएको छ भने प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्बाट कागज झिकाउने उल्लेख छ।

डा. शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो।

अदालतको मानहानी मुद्दामा केसी सोमबार साँझ पक्राउ परेका थिए। उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो।

डा. केसीले आफ्नो बयानको क्रममा पनि प्रधानन्यायाधीश पराजुली भ्रष्ट भएकाले अनुसन्धान हुनुपर्ने माग गरेका थिए।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]