Dabali News

भारतीय दादागिरी तोडियो, अब नेपालीको घरमा चिनियाँ इन्टरनेट

२६ पुस

काठमाडौं । अब नेपालमा चिनियाँ इन्टरनेटमा चल्ने भएको छ । लामो समयको प्रयासपछि नेपाल चिनियाँ इन्टरनेट सञ्जालमा जोडिएको छ ।

बुधबार नेपाल टेलिकमले चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ ।

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको बेला तत्कालिन नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चिनियाँ इन्टरनेट जोड्ने निर्णय गरेको थियो । सोहीअनुसार रसुवागढी नाकाबाट नेपालसँग जोडिएको इन्टरनेटको उद्घाटन शुक्रबार हुने भएको छ ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदुत यु होङले संयुक्तरुपमा शुक्रबार यो नेटवर्कको औपचारिक उद्घाटन कार्यक्रम तय भएको छ । अब चिनियाँ इन्टरनेटको नेपालमा व्यवसायीको रुपमा संचालन हुनेछ ।

हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि-रुटिङ गर्दै नेपाललाई इन्टरनेटमा भारतीय परनिर्भरताबाट विकल्प प्रदान गरेको छ । पहिरोमा फसेको ३ किलोमिटर अप्टिकल रुटलाई रि-रुटिङ गरेर नेपाल इन्टरनेट मार्गमा नयाँ विकल्प तयार गरेको हो ।

चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको १ वर्षपछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिएको हो । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

चिनियाँ इन्टरनेट टेलिकाको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ । ब्यवसायिक रुपमा भारतीय सेवा प्रदायकसँग भन्दा चीनबाट किनिएको इन्टरनेट लिंक थोरै महंगो हुनेछ ।

तर, चीनमार्फत तेस्रो मुलकका सेवा प्रदायकसँग जोडिने मौका भने यसबाट मिल्नेछ । अब हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्नेछ ।

अहिले नेपाल टेलिकमले भारतका टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट ल्याइरहेको छ । चिनियाँ इन्टरनेट नेपालमा जोडिएसँगै भारतको एकाधिकार तोडिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]