Dabali News

प्रदेश नं.२ मा पीडितको लोकेशन देखाउने ‘हेल्लो सीएम’ एप सार्वजनिक

११ कार्तिक

काठमाडौं । प्रदेश नं.२ को प्रदेश सरकारले अपराध न्यूनीकरणका लागि ल्याइएको ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेको छ ।

बलात्कार र महिलामाथि विभिन्न किसिमका आपराधिक घटनामा वृद्धि भइरहँदा आइतबार जनकपुरमा प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सीएम’ एप सार्वजनिक गरेका हुन् ।

उनले बढ्दै गएको महिला हिंसा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्न हेल्लो ‘सिएम एप’ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सिएम एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतनामुलक कार्यक्रम अभियान सञ्चालन गरिने पनि बताए ।

हेल्लो सिएम एपमा आफुसँग भएका घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ ।

यो एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरि सकेपछि सिएम एपलाई अन गरेर आफनो मोबाइल ३ पटक हलाएपछि मात्रै नजिकको प्रहरी कार्यालयमा इमर्जेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशनसमेत देखाउने व्यवस्था रहेको एपका निर्माता इन्जिनियर आदित्य राजले जानकारी गराएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]