Dabali News

जाजरकोटको भाइरल ज्वरो नियन्त्रणभन्दा बाहिर, १४ जनाको मृत्यु

२६ पुस

जाजरकोट । जिल्लामा तीन हप्तादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मंगलबार थप तीनजनाको ज्यान गएपछि भाइरल ज्वरोकै कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

भाइरल प्रभावित क्षेत्रमा सक्रिय डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण ज्यान गएको छ ।

यस्तै जुनीचाँदे गाउँपालिका–२ का रामबहादुर नेपालीको पनि भाइरल ज्वरोले ज्यान गएको छ । प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मी तथा मेडिकल अधिकृतले अहिलेसम्म सात सय भन्दा बडीको उपचार गरेको जनाएका छन् । प्रकोप नियन्त्रणमा नआएपछि थप स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

जुनीचाँदे प्रकोपबाट सबै भन्दा प्रभावित गाउँपालिका हो । बिरामीमा रुघा खोकी, ज्वरो, टाउँको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखा परेका छन् ।

जुनीचाँदे गाँउपालिकाको १, २ र ३ सहितका वडामा भाइरल फैलिएको छ । ५ वर्षमुनिका बालबालिका र दीर्घरोगीमा कडा रुपमा देखिएको भाइरल ज्वरो रुघा खोकी, ज्वरो, टाउँको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]