Dabali News

अारालोतिर व्यापारः दैनिक दुई अर्ब ६६ करोड घाटा

२६ पुस

काठमाडौं । नेपालको व्यापार घाटा अारालोतिर दौडिरहेको छ । यो दिनदिनै बढिरहेको छ  ।

वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन(मंसिर)को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड थियो।

चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा तीन खर्ब ९८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही समयमा व्यापार घाटा तीन खर्ब ५१ अर्ब ६७ करोड थियो। मुलुकको निर्यातभन्दा आयात उच्च वृद्धि भएपछि व्यापारको खाडल बर्से्नि बढ्दै गइरहेको छ। यो वर्षभरि व्यापार घाटा १० खर्ब हाराहारीमा पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको छ ।

पाँच महिनामा विभिन्न मुलुकबाट चार खर्ब ३२ अर्ब ४८ करोडको वस्तु नेपाल भित्रिएको छ। सोही अवधिमा नेपालबाट ३३ अर्ब ७२ करोडको वस्तु निर्यात भएको छ। गत वर्षको पाँच महिनामा तीन खर्ब ८२ अर्ब २७ करोडको वस्तु भित्रिएको थियो भने ३० अर्ब ६० करोडको वस्तु निर्यात भएको थिया े। यो अवधिमा आयात ५० अर्बले वृद्धि हुँदा निर्यात तीन अर्बले मात्र बढेको विभागको तथ्यांकले देखाउँछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]