Dabali News

हिमपातका कारण २१ को मृत्यु

२६ पुस

काठमाडौँ । हिमपातका कारण चीनमा २१ जनाको मृत्यु भएको छ । चीनको मध्य तथा पुर्वी प्रान्तमा परेको हिमपातका कारण २१ जनाको मृत्यु भएको हो ।

जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनीकरण राष्ट्रिय आयोगले जनाएको छ ।

भीषण हिउँबर्षा र हिउँआँधीका कारण थुप्रै घरहरु पूरिएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् ।

झण्डै तीन हजार ७०० जना विस्थापित भएका छन् भने १४ हजार जना भन्दा बढी मानिसलाई आपत्कालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार झण्डै सात सय घर ध्वस्त भएको र २८ सय घरमा क्षती पुगेको छ ।

खराब मौसमले झण्डै दुई लाख ३३ हजार १०० हेक्टर क्षेत्रफलको कृषीभूमीमा असर पारेको छ । त्यस मध्ये आठ हजार एक सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]