Dabali News

अमेरिकी राष्ट्रपति ट्रम्पको ५८ तले घरमा आगलागी, दुई जना घाइते

२६ पुस

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा आगलागी भएको छ । ट्रम्पको लगानी रहेका न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागी भएको हो ।

अमेरिकी अग्नी नियन्त्रण विभागका अनुसार ५८ तले टावरमा सोमबार आगलागी भएको हो । भवनको माथिल्लो तलाबाट आगोको मुस्लो देखिएपछि भागडौड मच्चिएको छ ।

न्यूयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानामा लागेको आगो नियन्त्रण गरिएको अग्नि नियन्त्रण अधिकारीले बताएका हुन् ।

यही घरमा ट्रम्प राष्ट्रपति हुनुअघि न्यूयोर्कको फिफ्थ एभेन्युमा रहेको यही भवनमा बस्थे ।

विभागले तत्कालै अग्नी नियन्त्रणका लागि एक समूह पठाई एकघण्टा भित्रमा नै आगो नियन्त्रणमा लिएको थियो भने आगलागी भएको तलालाई वातानुकुलित बनाएको जनाएको छ । घटनामा एक अग्नी नियन्त्रकसहित एक इन्जिनियर सामान्य घाइते भएको बताइएको छ ।

‘ट्रम्प अर्गनाइजेसन’का उपप्रमुख तथा राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले आगलागीबारे ट्वीटरमा भवनको माथिल्लो तलामा रहेको ‘कुलिङ टावर’मा सानो विद्युतीय समस्याका कारण आगलागी भएको बताएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]