Dabali News

डा.केसी वीर अस्पताल भर्ना, स्वास्थ्य गम्भीर बन्दै

२५ पुस

काठमडौं । डा.गोविन्द केसी अस्पताल भर्ना भएका छन् । सर्वोच्च अदालतको अवहेला मुद्दामा पक्राउ परेका डा. केसीले मंगलबार दिउँसो वयन दिएका थिए ।

दिनभरको वयनपछि महानगरीय प्रहरी प्रभाव सिंहदरबारमा पर्‍याइएका केसीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको हो । प्रहरीका अनुसार डा.केसीलाई अस्पतालमै भर्ना गरिएको छ ।

अवहेलना मुद्दामा केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार सर्वोच्च अदालतले अदेश दिएपछि सोमबार साँझ अनसन स्थलबाटै प्रहरी पक्राउ गरिएको थियो ।

मंगलबार केसीसँग बयन लगिएको छ भने बुधबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ । डा. केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्ने भएका छन् ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा. डा. शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन सुरु गरेका थिए।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]