Dabali News

Ad

उत्तर र दक्षिण कोरियाको वार्ता ‘पिस हाउस’मा जारी

२५ पुस

काठमाडौं । दुई वर्षपछि पहिलो पटक उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । कोरियादीपमा अमेरिकाले निहु खोज्दा उत्तर कोरिया त्यसको जवाफ दिँदै अाएको छ । त्यही विषयमा विवाद बढ्दै जाँदा दुबै देशबीचको हट लाइन नै काटिएको थियो ।

दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएलगत्तै मुन जे इनले उत्तरसँग सम्बन्ध बढाउन चाहेको बताएका थिए तर अमेरिकाको लगातारको हस्तक्षेपका कारण दुबै देशबीच सम्पर्क विच्छेदको अवस्थामा पुगेका थिए ।

नयाँ वर्ष २०१८ को अवसरमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिणसँग वार्ता गर्ने संकेत गरेका थिए । त्यसलगत्तै दक्षिण त्यसको स्वागत गर्दै वार्ता टोली गठन गरेको थियो ।

उत्तर र दक्षिण कोरियाको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा वार्ता जारी छ । यो वार्तामा २०१८ को शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताबारे छलफल हुनेछ ।

यो वार्ता पहिलो चरणको भएको र यसमा ओलम्पिकमा सहभागी हुनेबारे विषयमा छलफल हुने बताइएको छ तर अन्य विषयमा पनि प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियाले भने वार्तामा दुई देशको सम्वन्ध सुधारबारे पनि कुराकानी हुने बताएको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]