Dabali News

डा.केसीको सर्वोच्चमा वयनः अदालतमा भ्रष्टाचार छ छ

२५ पुस

काठमाडौं । डा.गोविन्द केसीलाई निर्धारित समयमै प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अदालतको अपहेलना मुद्दामा सोमबार ९ बजे उपस्थित गराउन अादेशसँगै प्रहरीले डा.केसीलाई पक्राउ गरेको थियो ।

प्रहरीले मंगलबार तोकिएकै समय विहान ९ बजे नै डा.केसीलाई सर्वोच्चमा हाजिर गराएको छ ।

डा.केसीका एक सहयोगका अनुसार अहिले अपहेलना मुद्दाबारे डा.केसीले वयन दिइरहेका छन् । केसीका कानूनी सहयोगीहरुले साथ दिइरहेका छन् । केसीले अदालतभित्र भ्रष्टाचार भएको कुरा सत्य भएको र त्यसमा अाफू तल माथि नहुने बताएका छन् ।

सर्वोच्च अदालतमा पैसाको खेलमा मुद्दा हेरिने भएका कारण धेरैले न्याय नपाएको दाबी गरे। अनसन बस्दैगर्दा केसीले न्याय किनबेच भइरहेको बताएका थिए । प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताएका थिए ।

डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

यसैबीच नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई डा. गोविन्द केसीलाई गिरफ्तार गरेको विरोधमा सडकमा निस्केका छन् । मंगलबार विहान माइतिघर मण्डलामा गरिएको प्रर्दशनमा डा. भट्टराई सहभागी भएका छन् ।

डा.केसीलाई अदालतमा उपस्थित गराईएको समयमा डा. भट्टराईले केसीको पक्षमा नारा लगाइरहेका थिए । उनीसँगै रहेका पूर्व पत्रकार तथा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि सँगै थिए । उनीहरुले डा. केसीको रिहाईको माग गरेका छन् ।

माओवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार हुँदा एक शब्द समेत खर्च नगरेको तर डा. केसीलाई अदालतमा लिँदा सडकमै निस्केको भन्दै डा. भट्टराईको विरोध पनि सुरु भएको छ । जनयुद्धको नेतृत्वकर्तामध्येका एक डा. भट्टराईले अहिलेसम्म पनि ढुंगेलको गिरफ्तारीबारे ‘चू’ सम्म गरेका छैनन् ।

ढुंगेलले जेलभित्रैबाट प्रचण्ड र बाबुरामको निर्देशनमा जनयुद्धमा धेरै कारवाही भएको तर अहिले नबोलेको भन्दै आपत्ति जनाइरहेका छन् । जनयुद्धकालिन मुद्दामा नबोल्नेहरुले जनयुद्ध गरेर अपराध गरेको स्वीकार गरेको ढुंगेलले बताउँदै आएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]