Dabali News

दुई कोरियाबीच १० बजेबाट वार्ता हुँदै, दक्षिणको टोली बस चढेर वार्ता स्थलमा

२५ पुस

काठमाडौं । उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय अाज वार्ता हुँदैछ ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो ।

पछिल्ला दुई वर्षमा दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए ।

त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै पछिल्लो दुई वर्षमा यी दुई मुलुकबीच पहिलो पटक छलफल हुन लागेको हो ।

राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको दक्षिणको वार्ता टोली बस चढेर वार्ता स्थलमा पुग्दैछ । भने उत्तरको टोली पनि गइरहेको छ । अौपचारिक वार्ता हुनु अघि दुबै देशका उच्च अधिकारीहरुबीच अनौपचारिक वार्ता भएको थियो ।

वार्ताले दुई कोरियाबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]