Dabali News

Ad

भारतको चर्चित टिभी अाजतकले पूर्वराजा ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ भनेपछि हंगामा

२४ पुस

काठमाडौं । भारतको चर्चित टिभी च्यालन ‘अाज तक’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नेपालका राजा’ भनेर सम्बोधन गरेको छ । भारतको उत्तर प्रदेशको भ्रमणमा रहेका शाहले मुख्यमन्त्री योगी अादित्यनाथसँग भेटवार्ता गरेका थिए ।

पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा नेपालगन्ज हुँदै भारततिर हानिएका थिए । अादित्यनाथसँगको भेटलाई भारतीय संचारमाध्यमहरुले सांस्कृतिक महत्‍व भएको बताउँदै समाचार सम्प्रेशण गरेका छन् । आज तकले नेपालका पूर्वराजा शाह नभनेर राजतन्त्र कालमा जस्तै ‘नेपालका नरेश’भनेर सम्बोधन गरेको छ ।

हिन्दूराज्यको लागि समर्थन जुटाउन उत्तर प्रदेशको यात्रा गरेको भनेर अारोप लागिरहेको बेला भारतीय संचारमाध्यमहरुले प्रयोग गरेको शब्दले शंका पैदा गरेको छ । शाह र अादित्यनाथको भेटलाई अाज तकले निकै महत्वका साथ मुख्य समाचार बनाएको छ । ‘नेपालका राजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मूख्यमन्त्री आदित्यनाथसँग भेट गरे’ भन्दै अाज तकले समाचार समाचार बनाएको छ ।

हिन्दूधर्मका कट्टर मानिएका अादित्यनाथसँगको भेटले भन्दा पनि अाज तकको प्रयोग गरेको शब्दले हंगामा मच्चाएको छ । समाजिक संजालहरुमा विरोध भइरहेको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]