Dabali News

अदालतमा भ्रष्टाचारको सिन्डिकेट छ ! जेल जान तयार छुः पीटर

२४ पुस

काठमाडौं । वरिष्ठ पत्रकार तथा वाम विश्लेषक नरेन्द्रजंग पीटरले सर्वोच्च अदालतमा भ्रष्टाचारको सिन्डिकेट चलेको भन्दै त्यसविरुद्ध प्रा. डा. गाेबिन्द केसीले बोल्ने हिम्मत गरेको बताए । पत्रकार पीटरले डा.केसीको सर्वोच्च अादालतमा भएको भ्रष्टाचारविरोधी अान्दोलनमा एक्येवद्धता जाहेर गरेका छन् ।

प्रहरीले डा.केसीलाई गिरफ्तार गरेलगत्तै पीटरले सामाजिक संजालामा सर्वोच्च अदालतकै सिन्डिकेटका कारण धेरै मानिसहरुको सार्वजनिक जीवन ध्वस्त भएको बताएका छन् । पीटरले लेखेका छन्, ”उहाँले भनेकाे अदालत भ्रस्ट छ, अझ म भन्छु भ्रष्टाचारको सिन्डकेट नै चलेकाे छ । त्यही सिन्डिकेटबाट धेरैकाे सार्वजनिक जीवन ध्वस्त गरिएकाे छ र ठेक्कापट्टामा न्यायको स्वीकृत हुन्छ भने अाम जनमानसको धारणाा छ । डा. केसीले अदालतप्रति उठाएका बिषय गम्भीर छन् ।”

पीटरले भरखरै भारतमा कल्लकत्ता हाइकोर्डका चीफ जस्टिस सी एस कर्णन गिरफतार परेर ६ महिनापछि रिहा भएको बताउँदै नेपालमा पनि त्यो गर्न संकेत गरे । उनले केसीलाई गिरफ्तार गर्ने फैसला प्रधानन्‍यायाधीश गोपाल पराजुलीको निजी निर्णाय भन्दै त्यसको विरोध गर्न जरुरी भएको बताए । विरोध गरेको भरमा जेल जानु पर्ने हो भने तयार हुनु पर्ने बताउँदै पत्रकार पीटरले अाफू गिरफ्तारीको लागि तयार भएको घोषणा समेत गरेका छन् ।

डा.गोविन्द केसी गिरफ्तार, रातभर प्रहरी कार्यालयमै अनसन, भोलि विहान सर्वोच्चमा

डा.केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी, अामरण अनसनबाटै उठाउने प्रहरीको तयारी

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]