Dabali News

नायीका थापाको मृत्युले स्याङ्‍जा र गुल्मीमा शोक 

७ कात्तिक

बुटवल । नव नायीका रुपमा चिनिएकी रुपा थापा मगरको निधनले स्याङ्‍जा र गुल्मी शोकमा डुबेका छन् । विवाह गरेको ११ औं दिनमा स्कुटरलाई जीपले ठक्कर दिँदा दुर्घटनामा परी थापाको मृत्यु भएको थियो भने श्रीमान घाइते छन् ।

उनीहरु विवाह भएको ११ औं दिन मंगलबार स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ विर्घास्थित माइतीघरबाट गुल्मीको मालिका गाउँपालिका–१, नेटास्थित घर फर्किदै थिए । स्याङ्जाको मालुङ्गा नजिकै लु ३७ प ३०९० नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको लु१च ७२५६ नम्बरको जीपले ठक्कर दिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी रुपाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ भने श्रीमान महेक पुनको उपचार भइरहेको छ । पुन खतरामुक्त रहेको बताइएको छ ।

२१ वर्षीया रुपाले चलचित्र लर्फ (पछ्यौरी) मा नायीकाको रुपमा अभिनय गरेकी छन् । उनको अभियनले कलाकारिता क्षेत्रमा नयाँ अाशा-अपेक्षा गरिएको थियो । तर, दुर्घटनामा परी मृत्युसँगै स्याङ्‍जा र गुल्मी शोकमा डुबेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]