Dabali News

कविताः मदनले बुवालाई हौस्याए, प्रचण्डले मलाई नै उक्साए !

त्रिभुवनले जिबाउलाई फकाए
बीपीले हजुरबाउलाई सम्झाए
मदनले बुवालाई हौस्याए
प्रचण्डले मलाई नै उक्साए !

जिबाउले राणालाई लल्कारे
हजुरबाउले पन्चायत नकारे
बुवाले राजालाई हक्कारे
मैले त बहुदल नै अस्विकारें !

जिबाउको ज्यानै गयो
हजुरबाउको सर्बस्व भयो
बुवाको सम्पत्ति लिलाम भयो
मेरो जोवन यसैमा गयो !

राणा फाली राजा आए
मिलिजुली सरकार चलाए
पन्चायत ढाली बहुदल आयो
त्यसले नि पुगेन गणतन्त्र भयो !

तन्त्र फेरियो मन्त्र फेरिएन
हाकिम फेरिए हैकम फेरिएन
धारा फेरियो धारणा फेरिएन
सामन्त फेरिए सामन्तवाद फेरिएन !

जान्नेको नियम नजान्नेले मान्ने
निर्दोले थाप्ने बलियोले हान्ने
बिकटको कमाइ केन्द्रमा तान्ने
अध्ययन नै नगर्ने सबैभन्दा जान्ने !

गरिब फेरियो ग़रिबी फेरिएन
हरिप फेरियो हरिपी फेरिएन
रूप फेरियो सार फेरिएन
खुकुरी फेरियो धार फेरिएन !

जुन नेता आए नि कानै चिरेकाछन्
सोझा गरिबका बस्तिमा छिरेकाछन्
सिद्धान्तको खोलमा स्वर्थको छुरा भिरेकाछन्
ठूलो ठान्छन् तर साना लोभमा गिरेकाछन् !

भर्खर छिर्दा सिद्धान्त राम्रो लाग्ने
बुझ्दै गएपछि असाध्यै चाम्रो लाग्ने
माथि जानेलाई अझै जाने रहर लाग्ने
टुप्पैमा पुगेपछि सत्रु पनि आफ्नो लाग्ने !

हात मिलाउंँदा आफ्नै मान्छे जस्तो लाग्ने
पदमा पुगेपछि पराई हो कि जस्तो लाग्ने
बिदेशीलाई गाली गर्दा राष्ट्रवादी जस्तो लाग्ने
उनकै निम्ता मान्न जांँदा राष्ट्रघाती जस्तो लाग्ने !

दशक दशकमा नयाँ शक्ति जन्माउने
नारा मिठो छ उद्देश्य अर्कै सजाउने
इमानदारलाई कार्यकर्तामै कजाउने
जो आए नि त्यही गरिबीलाई भजाउने !

राजनीति सबै नीतिको मूल नीति
यसैको खेती गर्नु एक भूल नीति
बुइ चढी माथि पुग्नेको फेरियो स्थिति
चढाउनेहरू चाहीं धिक्कार्छन् परिस्थिति !!

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]