Dabali News

प्रभु बैंकले गर्‍यो बगर र बर्दघाट शाखा स्थानन्तरण

२३ पुस

काठमाडौं। देशभर शाखा विस्तार र पायक पर्ने ठाउँहरुमा स्थानन्‍तरण गरिरहेको प्रभु बैंकले दुईओटा शाखालाई ग्राहकको सजिलोको लागि शाखा स्थानन्‍तरण गरेको छ ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिका-१ भिमकाली पाटनस्थित बैंकको बगर शाखा हालको स्थानबाट करिब १०० मिटर दक्षिणतर्फ स्थानन्तरण गरेको छ।

नेपाल राष्ट्र बैंकका निर्देशक पोमनाथ गौतमले एक समारोहबीच स्थानन्तरण गरिएका बगर शाखाको उद्घाटन गरेका हुन्।

त्यस्तै नवलपरासी बर्दघाट न.पा. बाड नं ४ स्थित बैंकको बर्दघाट शाखा पनि साविकको स्थानवाट करिव ४०० मिटर पश्चिमतर्फ सिवालय मन्दिर अगाडी स्थानन्तरण गरिएको छ।

ग्राहकहरुलाइ छिटो र छरितो तवरले अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले पायक पर्ने ठाउमा शाखाहरु स्थानन्तरण गरिएको बैंकले जनाएको छ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]